7 years ago
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा ८३ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको हङकङले नेपाललाई ८३ रनको लक्ष्य दिएको हो ।
नेपाली खेलाडीले कसिलो बलिङपछि हङकङले ३५ ओभर ९ विकेटको क्षेतिमा ८२ रन बनाएको हो । नेपाली टोलीका लागि प्रतिश जिसी र अजय कुमार लोनियाले उच्च प्रदर्शन गरेपछि हङकङ कम स्कोरमा समेटिएको हो ।
७ ओभर बलिङ गरेका प्रतिशले २ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिए । त्यत्तिनै ओभरमा ५ मेडन राखेका अजयले मात्र २ रन खर्चेर २ विकेट लिएका थिए । नारायण जोशी र निखिलकुमार सिंहले समान १ विकेट लिए ।
हङकङका लागि आयर्न शरद सेट्टीले सर्वाधिक २४ रन जोडे । कलहन मार्स चालुले १६ र आरुस भागवतले १२ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहोरो आँकडामा रन बनाउन सकेनन् ।
हङकङलाई हराउन सके नेपालको अघिल्लो चरणका यात्रा थप सहज हुनेछ । दुई दिनपछि समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारको सामना गर्नेछ ।
पहिलो दिन सोमबार नेपालले आयोजक थाइल्यान्डलाई १ सय ३३ रनले हराउँदा अर्को खेलमा हङकङले म्यानमारलाई २ सय १२ रनको फराकिलो अन्तरले हराएको थियो ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]