7 years ago
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो खेलमा फराकिलो जित हासिल गरेका नेपाल र हङकङले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा एकअर्काको सामना गर्दैछन् ।
प्रतियोगिताको पहिलो दिन सोमबार नेपालले आयोजक थाइल्यान्डलाई १ सय ७९ रनले हराउँदा अर्को खेलमा हङकङले म्यानमारलाई २ सय १२ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएका थिए ।
३५ ओभरको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १ सय ७९ रन बनाएको थियो । जवाफमा थाइल्यान्डले १९.३ ओभरमा ४६ बनाउँदा नेपाली बलरले अलआउट गराएको थियो । त्यस्तै हङकङले २ सय ५३ रन बनाएको थियो । म्यानमारले १७.२ ओभरमा ४१ रन बनाउँदा अलआउट भएको थियो । आजै हुने अर्को खेलमा थाइल्यान्ड र म्यानम्यारबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिन समूह बीमा भने सिंगापुरले मलेसियालाई २९ रनले र चीनले भुटानलाई ६९ रनले हराएको थियो । आज चीन र मलेसिया तथा भुटान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]