default_image

7 years ago

December 11, 2017

थाइल्यान्ड विरुद्ध नेपालको शान्दार जित, जोशीको ५ विकेट

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक थाइल्यान्डलाई १ सय ३३ रनले पराजित गरेको छ । नेपालको जितमा बलर नारायण जोशी नायक रहे ।

१ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९.३ ओभरमा ४६ रन बनाउँदै अल-आउट हुन पुगेको हो । नेपालका लागि नारायण जोशीले शानदार बलिङ गरेका थिए । उनले एक्लैले ५ विकेट लिए । त्यस्तै सूर्य तमाङले दुई तथा विक्रम केसी र  निखिल सिहंले एकएक विकेट लिए । थाइल्यान्डका लागि अन्तिममा आएका कोकियाड चाटवोङ्गले मात्र ११ रनको योगदान दिदै दोहोरो अंक जोडेका थिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरको खेलमा २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । टोलीका लागि त्रितराज दासले सर्वाधिक ३९ रन बनाएका थिए । उनले ५६ बल खेल्दै ४ चौका प्रहार गरे । त्यस्तै ओपनर कुशल मल्लले २४, सुनिल भण्डारीले २३, अर्का ओपन राजन मगले १७, कप्तान रित गौतमले १६ र प्रतिश जिसीले १२ रन जोडेका थिए ।

त्यस्तै नारायण जोशी र निखिल कुमार सिंहले समान ६, विशाल विक्रम केसीले ५ सूर्य तामाङले २, अजयकुमार लोनियाले १ रन बनाएका थिए । घरेलु टोलीका लागि कोकिएट चाटवाङले ३, कोङकिडाकोन, चिरापोङले समान २ तथा तिरापात र सारावाट मालिवानले समान १ विकेट लिएका थिए ।

समूह ‘ए’ मा नेपाल, थाइल्यान्डसँगै हङकङ र म्यानमार छन् । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले मंगलबार हङकङ र अन्तिम खेल बिहिबार म्यानमारको सामना गर्नेछ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.