default_image

7 years ago

December 11, 2017

नेपालले दियो थाइल्यान्डलाई १ सय ८० रन लक्ष्य

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक थाइल्यान्डलाई १ सय ८० रनको चुनौति प्रस्तुत गरेको छ । ३५ ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ७९ रन बनाएको छ ।

टोलीका लागि त्रितराज दासले सर्वाधिक ३९ रन बनाए । उनले ५६ बल खेल्दै ४ चौका प्रहार गरे । त्यस्तै ओपनर कुशल मल्लले २४, सुनिल भण्डारीले २३, अर्का ओपन राजन मगले १७, कप्तान रित गौतमले १६ र प्रतिश जिसीले १२ रन जोडे ।

त्यस्तै नारायण जोशी र निखिल कुमार सिंहले समान ६, विशाल विक्रम केसीले ५ सूर्य तामाङले २, अजयकुमार लोनियाले १ रन बनाए । घरेलु टोलीका लागि कोकिएट चाटवाङले ३, कोङकिडाकोन, चिरापोङले समान २ तथा तिरापात र सारावाट मालिवानले समान १ विकेट लिए ।

समूह ‘ए’ मा नेपाल, थाइल्यान्डसँगै हङकङ र म्यानमार छन् । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले मंगलबार हङकङ र अन्तिम खेल बिहिबार म्यानमारको सामना गर्नेछ ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.