7 years ago
December 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले आज आयोजक थाइल्यान्डसँग खेल्दै एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको यात्रा सुरु गर्दैछ । खेल नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ ।
समूह ‘ए’ मा नेपाल, थाइल्यान्डसँगै हङकङ र म्यानमार छन् । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले मंगलबार हङकङ र अन्तिम खेल बिहिबार म्यानमारको सामना गर्नेछ ।
नेपाली युवा टोली
रित गौतम (कप्तान), विशालविक्रम केसी (उपकप्तान), त्रितराज दास कुशल मल्ल, राजन मगर, सुवास ऐर, अमित कुमार यादव, सुनिल भण्डारी, नारायण जोशी, निखिल कुमार सिंह, सूर्य तामाङ, अजय कुमार लुनिया, प्रतिष जीसी, मेख बहादुर सेन थापा ।
वैकल्पिक खेलाडी विवेक कुमार यादव ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]