default_image

7 years ago

December 10, 2017

श्रीलंकाविरुद्ध भारतको कमजोर ब्याटिङ

78 views

0 Bookmark

धर्मशाला (एजेन्सी)– श्रीलंकाविरुद्ध पहिलो एक दिवसिय क्रिकेटमा कमजोर ब्याटिङ गरेको भारतले १ सय १२ रनमा अलआउट भएको छ । पूर्व कप्तान महेन्द्र सिंह धोनीले मात्र धर्यतापूर्वक ब्याटिङ गरेको खेलमा भारतले मुस्किलले सयको आँकडा पार गरेको थियो ।


एक समय ७ विकेटको क्षतिमा २९ रन मात्र जोड्न सकेको भारतका लागि धोनीले ६५ रनको महत्वपूर्ण योगदान गरेको थियो । भारती टोली ३८.२ ओभरमा अलआउट भएको थियो । धोनीले ८७ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । कुलदिप यादवले १९ र हार्दिक पाण्डेयले १० रन जोडे ।

अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तानको समेत जिम्मेवारी निर्वाह गरेका ओपनर रोहित शर्माले २ रन बनाउँदा अर्का ओपनर शिखर धवनले रनको खाता खोल्न सकेनन् । भ्रमणकारी टोलीका लागि सुरंगा लकमालले ४ विकेट लिएका थिए ।

 

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.