default_image

7 years ago

December 8, 2017

नेपाल युएईसँग पराजित

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ६३ रनले पराजित भएको हो । युएईले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपाल ४२.२ ओभरमा १३२ रनमै अल-अाउट हुन पुग्यो ।

तस्बिर: रमन सिवाकोटी (टेक्निकल एनलिस्ट, नेपाल क्रिकेट टिम)

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४२ रनको पारी खेले । त्यस्तै विनोद भण्डारीले २५ तथा सागर पुनले २१ रन जोडे । अन्य ब्याट्सम्यानले भने महत्त्वपूर्ण योगदान दिन सकेनन् ।

भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर ९ र कप्तान पारस खड्का १० रनमा तथा दिलिप नाथ, वसन्त रेग्मी, सन्दिप लामिछाने र सोमपाल कामी खातै नखोली पभेलियन फर्केका थिए । युएईका लागि अम्जद जाभेदले ३ तथा मोहम्मद नाभेद,  रोहन मुस्ताफा र इम्रान हैदरले दुई-दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ४९.२ ओभरमा अल-आउट हुँदै १ सय ९५ रन बनाएको थियो । युएईका लागि मिडल-अर्डरका ब्याट्सम्यान अद्नान मुफ्तिले ८९ बल खेल्दै १ सय ४ रन जोडेका थिए । उनको शतकीय पारीमा ८ चौका र ३ छक्का पनि सामेल थियो । त्यस्तै मोहम्मद बुताले ७२ बलमा ३७ रन बनाए भने अन्य युएईका ब्याट्सम्यानले प्रभावकारी ब्याटिङ गर्न सकेका थिएनन् ।

युएईलाई सस्तैमा रोक्न सोमपाल कामीले ५ विकेट लिएका थिए । सोमपालले १० ओभरमा केवल २७ रन खर्चिँदै निकै राम्रो बलिङ गरेका थिए । त्यस्तै ललित भण्डारी, पारस खड्का, सागर पुन र सन्दिप लामिछानले एकएक विकेट हात पारेका थिए ।

नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका हुन् । अब विश्व कपमा छनोट हुने नेपालको सम्भावनाका लागि एउटा मात्र विकल्प रहेको छ । जसका लागि नेपालले फेब्रुअरीमा डिभिजन २ खेल्नेछ ।

नामिवियामा हुने डिभिजन टुमा नेपालसहित युएई, नामिबिया, केन्या, ओमन र क्यानाडाले प्रतिस्पर्धा गर्नेछ । यी ६ वटा टिम मध्ये शीर्ष दुई मा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.