7 years ago
December 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- चोटका कारण विकेट किपर एवं ब्याट्स म्यान सुवास खकुरेलले एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्। हात फ्याक्चर भएका सुवास चितवन टाईगर्ससँग आबद्द थिए। टाईगर्सले बिज्ञप्ति जारी गर्दै सुवास स्थानमा अनिल मण्डललाई अनुबन्धन गरेको जानकारी दिएको छ।
इपीएलको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्ट बाट खेलाडी लिनुपर्ने प्रावधान अन्तर्गत दुई जना खेलाडीहरुलाईअनुबन्धन गरेको छ । चितवनमा गरिएको ट्यालेन्ट हन्टबाट आकाश थापा र गौतम के.सी लाई छनौट गरेको छ ।
तीन खेलाडीहरु ललित भण्डारी, दिपेन्द्र ऐरी र दिलिप नाथ राष्ट्रिय टिमबाट संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका भएपनि चितवन टाइगर्सले उपलब्ध रहेका नौ खेलाडीहरुलाई क्याम्पमा राख्दै तयारी गरिरहेको छ। ६ टोलीको सहभागितामा पुस ३ गते इपिएल सुरु हुने बताइएको छ ।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]