default_image

7 years ago

December 8, 2017

सोमपालको ५ विकेट, युएईद्वारा नेपाललाई १ सय ९६ रनको लक्ष्य

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई १ सय ९६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ४९.२ ओभरमा अल-आउट हुँदै १ सय ९५ रन बनाएको हो ।

युएईका लागि मिडल-अर्डरका ब्याट्सम्यान अद्नान मुफ्तिले ८९ बल खेल्दै १ सय ४ रन जोडे । उनको शतकीय पारीमा ८ चौका र ३ छक्का पनि सामेल थियो । त्यस्तै मोहम्मद बुताले ७२ बलमा ३७ रन बनाए भने अन्य युएईका ब्याट्सम्यानले प्रभावकारी ब्याटिङ गर्न सकेनन् ।

युएईलाई सस्तैमा रोक्न सोमपाल कामीले ५ विकेट लिए । सोमपालले १० ओभरमा केवल २७ रन खर्चिँदै निकै राम्रो बलिङ गरेका थिए । त्यस्तै ललित भण्डारी, पारस खड्का, सागर पुन र सन्दिप लामिछानले एकएक विकेट हात पारे ।

नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट हुने नेपालको सम्भावनाका लागि एउटा मात्र विकल्प रहेको छ । जसका लागि नेपालले फेब्रुअरीमा डिभिजन २ खेल्नेछ ।

नामिवियामा हुने डिभिजन टुमा नेपालसहित युएई, नामिबिया, केन्या, ओमन र क्यानाडाले प्रतिस्पर्धा गर्नेछ । यी ६ वटा टिम मध्ये शीर्ष दुई मा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.