7 years ago
December 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको संयुक्त अरब इमिरेट्ससँगका अन्तिम खेल आज खेल्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपालले राम्रो प्रदर्शन गरे पनि पहिलो खेल ७ विकेटले गुमाएको थियो । नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् ।
अब विश्व कपमा छनोट हुने नेपालको सम्भावनाका लागि एउटा मात्र विकल्प रहेको छ । जसका लागि नेपालले फेब्रुअरीमा डिभिजन २ खेल्नेछ । नामिवियामा हुने डिभिजन टुमा नेपालसहित युएई, नामिबिया, केन्या, ओमन र क्यानाडाले प्रतिस्पर्धा गर्नेछ । यी ६ वटा टिम मध्ये शीर्ष दुई मा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।
यसअघि हङकङसँग पराजित भएपछि नेपाल डिभिजन २ मा घटुवा भएको थियो । गत साता युएई पुगेको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा अमेरिकासँग पराजित भएको नेपालले अर्को खेलमा केन्यालाई हराएको थियो ।
चोटका कारण दीपेन्द्र सिहं ऐरीले युएईविरुद्धको दोस्रो खेल पनि गुमाउने छन् । नेपाल र युएईबीचको खेल उक्त खेलको आइसिसीले आफ्नो अफिसियल वेबसाइटमार्फत प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ ।
नेपाली क्रिकेट टोली
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप कप्तान), शरद भेषावकर, विनोद भण्डारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ, ललित भण्डारी, आरिफ शेख
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]