7 years ago
December 7, 2017
दीपेन्द्रको स्थानमा अनिलले खेल्ने
काठमाडौं (हाम्रो खेलकुद) – यू–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान दीपेन्द्र सिंह ऐरीले युएईंविरुद्धको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल पनि गुमाउने भएको छ ।
दुवईंमा अभ्यासका क्रममा दीपेन्द्रले चोट बोक्दा युएईंविरुद्ध बुधबार भएको पहिलो खेल गुमाएको थियो । चोट पूर्ण रुपमा ठीक नभइसकेकाले शुक्रबार हुने खेल पनि गुमाउने राष्ट्रिय क्रिकेट टिमका टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जानकारी गराए । अब उनको स्थानमा वैकल्पिक तथा रिजर्भ खेलाडी अनिल कुमार शाहले खेल्नेछन् ।
अनिसँगै कुशल भुर्तेल पनि वैकल्पिक खेलाडीको रुपमा दुवईं भ्रमणमा छ ।
नेपाल बुधबार युएईंसँग ७ विकेटले पराजित भएको थियो । शेख जायद क्रिकेट रंगशालामा नेपालले भोलि युएइंसँग दोस्रो तथा च्याम्पिनसिपको अन्तिम खेल खेल्दैछ । खेल नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।
यो खेललाई दुवै टोली (नेपाल र युएर्इं)ं ले आगमी फेब्रुअरीमा नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताका लागि तयारीको रुपमा लिएको छ ।
नामिवियामा हुने डिभिजन टुमा नेपालसहित युएई, नामिबिया, केन्या, ओमन र क्यानाडाले प्रतिस्पर्धा गर्नेछ । यी ६ वटा टिम मध्ये शीर्ष दुई मा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङ भने विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]