7 years ago
December 6, 2017
दिल्ली (एजेन्सी) – श्रीलंका विरुद्धको तीन टेस्टको सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पारेको छ । बुधबार अन्तिम टेस्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेस्ट सिरिज भारतले १–० ले आफ्नो पक्षमा पारेको हो ।
भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेस्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २ सय ३९ रनले पराजित गरेको थियो । दिल्लीमा भारतले दिएको ४ सय १० रनको लक्ष्यसहित आफ्नो दोस्रो इनिङ्स थालेको श्रीलंकाले अन्तिम दिनसम्म बुधबार १ सय ३ ओभरमा ५ विकेट गुमाएर २ सय ९९ रन बनायो ।
चौथो दिनको खेल समाप्तिसम्म ३१ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको श्रीलंकाले अन्तिम दिन सम्हालिएको प्रदर्शन गर्दै घरेलु टोली भारतलाई बराबरीमा रोक्न सफल भएको हो ।
दोस्रो इनिङ्समा श्रीलंकाका लागि धनन्जय डे सिल्भाले १ सय १९ रन जोडे । रिटायर्ड हर्ट हुनुअघि सिल्भाले २ सय १९ बलमा १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रोशन सिल्भा ७४ तथा निरोशन डिक्वेला ४४ रनमा अविजित रहे । कप्तान दिनेश चण्डिमालले ३६ रन बनाए । भारतका रविन्द्र जडेजाले ३ तथा रविचन्द्र आश्विन र मोहम्मद शामीले समान १–१ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो दोस्रो इनिङ्समा ५ विकेटको क्षतिमा २ सय ४६ रन बनाएर इनिङ्सको समाप्तिको घोषणा गरेको थियो । भारतका लागि शिखर धवनले ६७, कप्तान विराट कोहली र रोहित शर्माले समान ५०–५० रनको अर्धशतक प्रहार गरेका थिए ।
श्रीलंकाबिरुद्ध भारतले आफ्नो पहिलो इनिङ्समा ५ सय ३६ रन बनाएको थियो । श्रीलंकाले भने आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा ३ सय ७३ रन मात्रै बनाउन सकेको थियो ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]