7 years ago
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपक्तिका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो खेलमा ६ विकेटको क्षेतिमा २ सय २१ रन बनाएको छ ।
टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले ५४ र शरदले अविजित ८१ रन बनाएपछि नेपालले युएईविरुद्ध सम्मानजनक स्कोर बनाएको हो । ९५ बल खेलेका शरदले ५ चौकाको मद्दतमा ८१ रनको महत्वपूर्ण योगदान गरेका छन् । ८३ बल खेलेका ज्ञानेन्द्रले ५ चौका प्रहार गरे ।
अर्का ओपनर दीलिप नाथले १६ रन बनाए भने कप्तान पारस खडेकाले २० रन जोडे । पारसले ३६ बल खेल्दै ४ चौका प्रहार गरे । सोमपाल कामीले २० रन बनाए भने आरिफ शेख रनको खाता नखोल्दै रन आउट भएका थिए । विनोद भण्डारीले ४ रन जोडे । युएईका लागि जोहार खानले २, मोहम्मद नाभिद, अहमद राजा र रोशन मुस्ताफाले समान १ विकेट लिए ।
नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट हुने नेपालको सम्भावनाका लागि एउटा मात्र विकल्प रहेको छ । जसका लागि नेपालले फेब्रुअरीमा डिभिजन २ खेल्नेछ । च्याम्पियनसिपको शीर्ष चारमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।
तर नेपाल अबका दुई खेल जित्दा पनि शीर्ष ४ मा पर्ने छैन । यसअघिको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन २ मा घटुवा भएको थियो । गत साता युएई पुगेको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा अमेरिकासँग पराजित भएको नेपालले अर्को खेलमा केन्यालाई हराएको थियो ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]