7 years ago
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिगको क्लब ललितपुर पेट्रिएट्सले ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको छ । ललितपुर पेट्रिएट्सले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको जनाएको हो ।
ट्यालेन्ट हन्टबाट छानिएका ४ खेलाडीमध्ये एक खेलाडीलाई टिममा राखिने ललितपुर पेट्रिएट्सका प्रशिक्षक राजु बस्न्यातले जानकारी गराए । इपिएलमा ट्यालेन्ट हन्टबाट १ जना खेलाडी राखिनुपर्ने प्रावधान छ । ट्यालेन्ट हन्टबाट काठमाडौंका प्रतिश जिसी, राजविराजबाट सुमित झा, बुटवलबाट विपिन आचार्य र विराटनगरबाट रित गौतम छानिएका हुन् । उनीहरुलाई पनि टिमसँगै बन्द प्रशिक्षणमा राखिने प्रशिक्षक बस्न्यातले जानकारी गराए ।
खेलाडी घोषणा कार्यक्रममा प्रशिक्षक बस्न्यातले ललितपुरले छानेका सबै चार खेलाडी नेपाली क्रिकेटमा योगदान दिन सक्ने खेलाडी रहेको बताए । ‘हामीले छानेका खेलाडीहरु निकै प्रतिभावान छन् । उनीहरु नेपाली क्रिकेटलाई योगदान दिन सक्ने खेलाडी हुन् ।’ प्रशिक्षक बस्न्यातले भने, ‘हामी यी चार खेलाडीलाई टिमसँगै प्रशिक्षणमा राख्नेछौं । प्रतियोगिताभन्दा एक दिनअघि मात्र एक खेलाडीलाई टिममा समावेश गर्ने छौं ।’ यस्तै प्रशिक्षक बस्न्यातले ट्यालेन्ट हन्टबाट छानिएका चार खेलाडीलाई ललितपुरले नछाड्ने बताए । उनले खेलाडीले नै छोड्न चाहे मात्र नरोकिने बताए ।
ललितपुर पेट्रिएट्सका अध्यक्ष तथा मालिक किशोर महर्जनले ट्यालेन्ट हन्टबाट छानिएका सबै चार खेलाडीलाई इपिएलको न्युनतम रकम उपलब्ध गराउने बताए । ‘इपिएलको नियमअनुसार एक खेलाडीलाई न्युनतम २५ हजार तोकिएको छ । हामीले ट्यालेन्ट हन्टबाट ४ खेलाडी छनोट गरेका छौं । २५ हजारको लागि हामी खेलाडी छान्ने छैनौ ।’ मालिक महर्जनले भने, ‘ललितपुरले टिममा नपर्ने तीन खेलाडीलाई पनि टिममा परेको खेलाडी सरह २५ हजार उपलब्ध गराउने निर्णय गरेका छौं ।’
इपिएलमा ललितपुरसहित विभिन्न ६ शहरको सहभागिता रहेको छ । लिग डिसेम्वर १८ बाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुदैछ ।प्रतियोगिताको विजेताले २१ लाख रुपैया प्राप्त गर्नेछ ।
दुई खेलाडी यू–१६ को क्याम्पमा
ललितपुर पेट्रिएट्सले ट्यालेन्ट हन्टबाट छानिएका ४ मध्ये दुई खेलाडी एसीसी यू–१६ रिजन च्याम्पियन्ससिपको क्याम्पमा परेका छन् । प्रशिक्षक राजु बस्न्यातका अनुसार प्रतिश जिसी र रित गौतम थाइल्याण्डमा आयोजना हुन लागेको एसीसी यू–१६ को क्याम्पमा पर्न सफल भएका हुन् । नेपाली यू–१६ टोलीले एसीसी यू–१६ रिजन च्याम्पियनसिपको लागि प्रशिक्षण शुरु गरेको छ ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]