7 years ago
December 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिगको युएईविरुद्धको खेलका लागि अभ्यासमा जुटिरहेको नेपाली क्रिकेट टोलीले केन्यालाई ६ विकेटले पराजित गरेको छ । नेपालका लागि बलिङमा ललित भण्डारी र ब्याटिङमा दिपेन्द्र ऐरी नायक रहे ।
नेपालले टस जितेर केन्यालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । केन्या केवल ३२.२ ओभर खेल्दै एक सय १० रनमा अल-आउट हुन पुगेको थियो । नेपालका लागि ललित भण्डारीले ४ विकेट लिएका थिए । केन्याको पारीमा ओपरद्वय रुसब पटेलले २७ र अलेक्जाउमा ओकान्डाले २५ रन जोडे पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
जवाफमा नेपालले सो लक्ष्य १९.५ ओभरमै पुरा गरेको थियो । २९ रनमा ३ विकेटको स्थितिबाट दिपेन्द्र ऐरी र शरद भेषवाकरले नेपाललाई जोगाएका थिए । दिपेन्द्रले ४६ रन जोडे भने शरदले ३१ रन जोडेका थिए । केन्याका लागि नेल्सन ओढिम्बोले २ विकेट लिएका थिए ।
डब्लुसीएलसी अन्तरगत सातौं चरणको खेलमा नेपालले यूएईविरुद्ध मंसिर २० र २२ गते दुई वटा खेल खेल्नेछ । नेपाल र युएई अन्तिम खेलअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]