default_image

7 years ago

December 1, 2017

क्रिकेटर महेश क्षेत्री ‘नेपालगञ्ज स्पोर्टस अनर’बाट सम्मानित

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिएटिभ ह्याण्डसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य महेश क्षेत्रीलाई नेपालगञ्ज स्पोर्टस अनरले सम्मानित गरेको छ । आयोजक क्रिएटिभ ह्याण्डस्ले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै क्षेत्रीलाई स्कुटरसहित सम्मान गरेको हो ।

क्षेत्रीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशबकुमार विष्टले स्कुटरको साँचो हस्तान्तरण गरे । सम्मानित खेलाडी क्षेत्रीलाई बधाई दिँदै राखेपका सदस्यसचिव बिष्टले क्रियटिभ ह्याण्डसको प्रयास सह्रानिय रहेको बताउँदै यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

सम्मानित खेलाडी महेश क्षेत्रीले सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै यस्ता किसिमका सम्मानहरुले खेलाडीलाई हौसला प्रदान गर्ने बताए । उनलाई यो सम्मानले अझै मोटिभेट भएको र आगमी दिनमा अझै राम्रो प्रदर्शन गर्ने बताए ।

क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले यसअघि आफूहरुले नेपाली महिला क्रिकेट टोलीकी कप्तान नेरी थापालाई सम्मान गरेको स्मरण गर्दै महेशसँगै आगामी दिनमा पनि खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए ।

मध्यपश्चिममा रहेका युवा सञ्चारकर्मीहरुको समूह क्रियटिभ ह्याण्डस्ले यसअघि नेपालगञ्ज म्याराथन, नेपालगञ्ज लिटरेचर फेस्टिभल, पीएम कप, भलिबल कप लगायतका कार्यक्रम गर्दै आएको छ ।

महेशले सन् २००२ मा यू–१५ क्रिकेट खेलेका थिए भने सन् २००५ मा एसीसी ट्रफी खेलेका थिए । उनले सन् २००६ मा श्रीलंकाविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च अध्यक्ष महेश आचार्य, पूर्वअध्यक्ष अजय फुयाल, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, सशस्त्र प्रहरीका पूर्व महानिरिक्षक शैलेन्द्र श्रेष्ठ लगायतले क्षेत्रीलाई शुभकामना दिएका थिए ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.