7 years ago
November 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले बिहिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेनले ललितपुर पेट्रिएटससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमा १ खेल मात्रै हुनेछ भने अरु दिनमा २ वटा खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता पुस ३ गतेबाट शुरु भएर १५ गते सकिनेछ । प्रतियोगिताको सबै खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदनमा हुनेछ ।
इपीएलमा ६ वटा क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएट्स, चितवन टाइगर, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।
इपीएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा संचालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिम बीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछ ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]