default_image

7 years ago

November 29, 2017

नेपाली क्रिकेट टोली आज युएई जाँदै

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अर्को साता हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली टोली आज त्यसतर्फ जाँदैछ । पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको दुई दिनअघि घोषणा भएको थियो ।

युएईसँग उत्रनुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ । नेपालले शुक्रबार अमेरिका र त्यसपछि आइतबार केन्यासँग खेल्नेछ । नेपाल र युइएबीच युएइमै मंसिर २० र २२ गते दुई खेल हुनेछ । । नेपाल र युएई दुवै डिभिजन २ मा घटुवा भइसकेका छन् ।

दोस्रो चरणमा मा रहेका २० खेलाडीबाट १४ बाहेक ४ वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । वैकल्पिक मध्येका दुई खेलाडी अनिल कुमार साह र जितेन्द्र मुखिया पनि टोलीसँगै युएइ जाने बताइएको छ । च्याम्पियनसिपमा नेपाल ९ अंकसहित छैटौं र ६ अंकसहित युएई पुछारमा रहेको छ ।

नेपाली क्रिकेट टोली

१.पारस खड्का (कप्तान)
२.ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३.शरद भेषावकर
४.विनोद भण्डारी
५.वसन्त रेग्मी
६.शक्ति गौचन
७.सोमपाल कामी
८.सागर पुन
९.करण केसी
१०.दिपेन्द्र सिंह ऐरी
११.सन्दिप लामिछाने
१२.दिलिप नाथ
१३.ललित भण्डारी
१४.आरिफ शेख

वैकल्पिक खेलाडी

१.अनिलकुमार साह
२.जितेन्द्र मुखिया
३.कुशल भुर्तेल
४.सिद्धान्त लोहनी

March 18, 2025

महिला क्रिकेट टोली भोलि स्वदेश आइपुग्ने

काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

Success

Thank you for your time.