7 years ago
November 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अर्को साता हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि आज पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । सिनियर खेलाडी शक्ति गौचनले टोलीमा पुनरागमन गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस रहेको छनोट सदस्यीय समितिले अन्तिम छनोट गरेको हो । नेपाल र युइएबीच युएइमा मंसिर २० र २२ गते दुई खेल हुँदैछन् । नेपाल र युएई दुवै डिभिजन २ मा घटुवा भइसकेका छन् ।
दोस्रो चरणमा मा रहेका २० खेलाडीबाट १४ बाहेक ४ वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । वैकल्पिकसहित १४ सदस्य नेपाली टोलीको घोषणा गरेको हो । शक्ति अस्वस्थताका कारण हङकङसँगको खेलमा टोलीमा थिएनन् । हङकङसँगको खेलमा टोलीमा रहेका टिममा रहेका सुशील कँडेल यसपटक अटाएनन् ।
अन्य टोलीका अन्य सदस्य यथावत छन् । वैकल्पिक मध्येका दुई खेलाडी अनिल कुमार साह र जितेन्द्र मुखिया पनि टोलीसँगै युएइ जाने बताइएको छ । च्याम्पियनसिपमा नेपाल ९ अंकसहित छैटौं र ६ अंकसहित युएई पुछारमा रहेको छ ।
नेपाली क्रिकेट टोली
१.पारस खड्का (कप्तान)
२.ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३.शरद भेषावकर
४.विनोद भण्डारी
५.वसन्त रेग्मी
६.शक्ति गौचन
७.सोमपाल कामी
८.सागर पुन
९.करण केसी
१०.दिपेन्द्र सिंह ऐरी
११.सन्दिप लामिछाने
१२.दिलिप नाथ
१३.ललित भण्डारी
१४.आरिफ शेख
वैकल्पिक खेलाडी
१.अनिलकुमार साह
२.जितेन्द्र मुखिया
३.कुशल भुर्तेल
४.सिद्धान्त लोहनी
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]