default_image

7 years ago

November 27, 2017

महिला विश्व टि ट्वान्टी छनोटमा नेपाल तेस्रो, हङकङमाथि ३६ रनको जित

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तेस्रो स्थानमा रहँदै आइसीसी महिला विश्व टि ट्वान्टी क्रिकेट एसिया छनोटको यात्राको अन्त्य गरेको छ । थाइल्यान्डमा भइरहेको छनोटको प्ले अफमा आज हङकङलाई ३६ रनले हराउँदै नेपाल तेस्रो भएको हो । राउन्ड रोविन लिगमा तेस्रो स्थानमा रहेको नेपाल र चौथो स्थानको हङकङबीच प्ले अफ भएको थियो ।

फाइल तस्बिर

 ९५ रनको लक्ष्य पछ्याएको हङकङ एक बल बाँकी रहँदचा ५८ रन जोड्दै अलआउट भएको थियो । हङकङलाई लक्ष्यमा पुग्न नदिन नेपाली बलरले उच्च प्रदर्शन गरे । करुण भण्डारीले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । त्यस्तै सबनम राई, सरिता मगर, नेरी थापा र रितु कनौजियाले समान १ विकेट लिए । हङकङका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । केवाइ चानले ११ र चान साउ हारले १३ रन बनाइन् ।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ९४ रन बनाएको हो । आज पनि नेपालको सुरुआत खराब रह्यो । ओपन ज्योति पाण्डे र सिता राना मगर सस्तैमा पेभेलियन फर्किए भने त्यसपछि काजल श्रेष्ठ र नेरी थापाले इनिङ सम्हालेका थिए । नेरीले टोलीका लागि सर्वाधिक ३८ रन जोडिन् । नेरीले काजोलसँग तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरेकी थिइन् । नेरीले ३४ बलमा ५ चौका प्रहार गरिन् । काजलले १२ रन बनाइन् ।

त्यस्तै कप्तान रुविना क्षेत्री र करुना भण्डारीले छैटौं विकेटका लागि २२ रनको साझेदारी गरे । रुविना १५ र करुणा १४ रनमा अविजित रहिन् । रुविनाले १० बलमा २ चौका प्रहार गरेकी थिइन् । थाइल्यान्डका लागि एम हिम र एमबिए लाम्पलोङले समान २ र चान साउ हारले १ विकेट लिइन् । यो समाचार तयार पार्दा सम्म हङकङले ६.२ ओभरमा २ विकेटको क्षतिमा १५ रन जोडेको छ । नेपालका लागि करुणा र सबिना राईले समान १ विकेट लिएका छन् ।

नेपालले आफ्ना ६ खेलमा एउटा मात्र खेल युएइसँग गुमाएको थियो । लिगका दुई खेल वर्षाका कारण रद्द हुँदा अंक बाडेको नेपालले अन्तिम दुई खेलमा मलेसिया र चीनलाई हराएको थियो । तर, नेपाल महिला विश्व टि ट्वान्टी ग्लोबल छनोटमा भने पुग्न सकेन । छनोटको शीर्ष दुईमा रहेका थाइल्यान्ड र युएई ग्लोबल छनोटमा पुग्न सफल भए ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.