7 years ago
November 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइसिसी महिला टि ट्वान्टी विश्व कप क्रिकेट अन्तर्गत ग्लोबल छनोटमा पुग्न असफल भएको छ । २ जित, २ बराबर र १ हार बेहोरेको नेपाल विश्व कप क्रिकेट अन्तर्गत एसिया छनोटको शीर्ष २ मा पर्न असफल भएको छ । वर्षाका कारण सुरुआती २ खेलमा अंक बाड्नु र संयुक्त अरब इमिरेट्स (युएई) सँगको हार नै नेपालका लागि महंगो पर्यो ।
नेपालको ६ अंक छ । थाइल्यान्ड र हङकङको खेल बाँकी रहँदा नै नेपाल तेस्रो स्थान भन्दा माथि जान सकेन । युइए र थाल्यान्ड शीर्ष २ स्थानमा छन् । आयोजक थाइल्यान्ड र हङकङसँगको दुई खेल वर्षाका कारण रद्द भएपनि दुवै टोलीको खातामा समान १ अंक बाडिएको थियो । तेस्रो खेलमा युइएसँग ५ रनको झिनोअन्तरको हारले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको थियो ।
त्यहि जितले थप मजबुद बनेको युएई ८ अंकसहित शीर्षस्थानमा रहन सफल भयो । चौथो खेलमा मलेसियालाई हराउँदै झिनो सम्भावना जीवित राखेको नेपालले अन्तिम खेलमा चीनलाई ५० रनले हरायो । तर, अन्य खेलको नतिजा अनकुल नआएपछि नेपाल विश्व कपको ग्लोबल छनोटमा पुग्न असफल रह्यो ।
एसिया छनोटमा शीर्ष दुईमा रहने टोलीले नेदरल्याण्डमा हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटका शीर्ष दुईमा पर्न सफल हुने टोलीले अर्को वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा भाग लिने पाउनेछन् ।
अर्को खेलमा आज युएईले मलेसियालाई ३४ रनले हरायो । ५ खेलमा ४ जित र १ हार बेहोर्दै युएई अंक तालिकामा ८ अंक सहित शिर्ष स्थानमा रही ग्लोबल छनोट प्रतियोगितामा आफ्नो स्थान पक्का गरेको छ । दोश्रो स्थानमा रहेको थाइल्याण्डले ४ खेलमा ३ जित र १ बराबरी सहित ७ अंकका साथ दोस्रो स्थानमा छ ।
थाइल्याण्डले तालिकाको चौथो स्थानमा ५ अंक सहित रहेको हङकङसँगको अन्तिम खेल खेल्दै । त्यो अन्तिम खेलले दोस्रो हुने टोलीको टुंगो लाग्नेछ । दोस्रो हुने टोली युएईसँग एसियाली क्षेत्रबाट ग्लोबल छनोटमा पुग्नेछ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]