7 years ago
November 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेल चीनलाई ५० रनले हराएको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीन १८.२ ओभरमा ५२ रन जोड्दै अलआउट भएको थियो ।
नेपाली बलरहरुका सामू चीनका कुनै पनि खेलाडी लामो समय टिक्न सकेनन् । कप्तान रुविना क्षेत्री र सबनम राईले समान ३ विकेट लिए । सिता राना मगरले २ र रितु कनौजियाले समान १ विकेट लिए । थाइल्यान्डका २ खेलाडीले मात्र दोहोरो आँकडामा रन बनाउन सके । हान लिलीले १५ र सी जाउले १० रन जोडिन् ।
थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा चीनले टस जितेर नेपाललाई ब्याटिङको आमन्त्रण गरेको थियो । नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २ बनाएको थियो ।
नेपालका लागि तीन खेलाडीले खेलाडीले दोहोरो आँकडामा रन बटुलेका थिए । कप्तान रुविना क्षेत्रीले अविजित १८ रन बनाइन् भने रनआउट हुनुअघि काजल श्रेष्ठले १६ रन, र नेरी थापाले ११ रन बनाइन् ।
रुविनाले २ चौका तथा काजल र नेरी दुवैले समान १ चौका प्रहार गरे । ओपनर ज्योति पाण्डेले ९, सरिता मगरले ८ रन, सिता राना मगरले ४, रितु कनौजिया र इन्दु बर्माले समान ६ रन जोडे । रोमा थापाले ३ रन बनाइन् । करुणा भण्डारीले अविजित २ रन जोडिन् । चीनका लागि झाङले ३ विकेट लिइन् ।
वर्षाका कारण सुरुआती दुई खेलमा अंक बाँडेको नेपालले अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएपछि नेपालको छनोट हुने सम्भावना कमजोर भएको थियो । नेपालले पछिल्लो खेलमा भने मलेसियालाई ३३ रनले हराएको थियो । छनोटको अन्तिम खेलमा कमजोर टोली चीनलाई हराएपनि नेपालले छनोट हुनका लागि अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । ५ खेलमा नेपालको ६ अंक पुगेको छ । चीन अंकविहिन रहँदै पुछारमा छ ।
७ अंकसहित थाइल्यान्ड शीर्षस्थानमा छ भने दोस्रो स्थानको युएईको ६ अंक छ । हङकङ ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । छनोटमा २ अंक जोडेको मलेसिया पाँचौं स्थानमा रहेको छ ।आयोजक थाइल्याण्ड र हङकङ तथा मलेसिया र युएईबीचको खेल आफु अनुकुल नतिजा आए मात्र नेपाल अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]