7 years ago
November 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज चीनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपाली समयअनुसार बिहान ८ः४५ मा सुरु हुँदैछ । विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्ने झिनो आशाका साथ नेपालले अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ ।
वर्षाका कारण सुरुआती दुई खेलमा अंक बाँडेको नेपालले अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएपछि नेपालको छनोट हुने सम्भावना कमजोर भएको थियो । नेपालले पछिल्लो खेलमा भने मलेसियालाई ३३ रनले हराएको थियो । छनोटको अन्तिम खेलमा कमजोर टोली चीनलाई हराएपनि नेपालले छनोट हुनका लागि अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
४ खेलमा नेपालको ४ अंक छ भने चीन अंकविहिन रहँदै पुछारमा छ । ७ अंकसहित थाइल्यान्ड शीर्षस्थानमा छ भने दोस्रो स्थानको युएईको ६ अंक छ । हङकङ ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । छनोटमा २ अंक जोडेको मलेसिया पाँचौं स्थानमा रहेको छ ।आयोजक थाइल्याण्ड र हङकङ तथा मलेसिया र युएईबीचको खेल आफु अनुकुल नतिजा आए मात्र नेपाल अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ ।
नेपालले चीनलाई पराजित गरेर थाइल्याण्डले हङकङ र मलेसियाले युएईलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा पुग्नेछ । त्यस्तो नतिजा नआएमा नेपाल अन्तिम खेलमा विजयी भएपनि प्रतियोगिताबाट बाहिरिनेछ । छनोटमा शीर्ष दुईमा रहने टोली नेदरल्याण्डमा हुने ग्लोबल छनोट खेल्नेछन् । ग्लोबल छनोटका शीर्ष दुई टोलीले अर्को वर्ष वेष्ट इन्डिजमा हुने महिला टि–ट्वान्टी विश्वकपमा भाग लिने छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]