7 years ago
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी आइसीसी महिला ट्वेन्टिट्वेन्टि छनोट अन्तर्गत नेपाल युएईसँग ५ रनको झिनो अन्तरले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७९ रन बनाएको थियो । युएईका लागि नतासा चेरियाठले २३ तथा ओपनर इसा रोहित ओजाले २२ रनको योग्दान दिएका थिए । नेपालको लागि रुबिना क्षेत्रीले ३ विकेट, रितु कनौजियाले २ तथा नेरी थापाले १ विकेट लिएका थिए ।
जवाफमा नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा केवल ७४ रन जोड्न सक्यो । नेपालका लागि रितु कनौजियाले २२ तथा ओपनर ज्योति पाण्डेले १२ रन जोड्दा अन्य ब्याट्सवुमेनले दोहोरो अंक पनि जोड्न सकेनन् । नेपालका ४ खेलाडि बिना खाता खोली पभेलियन फर्केका थिए ।
युएईका लागि निशा अली र हुमारिया तास्निमले दुई-दुई विकेट लिएका थिए । नेपालले आफ्नो अर्को खेलमा चीनको सामना गर्ने छ । नेपाल र चीन बीचको भिडन्त २६ तारिख आइतबार हुनेछ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]