default_image

7 years ago

November 20, 2017

महिला विश्व टी–२० छनोटमा नेपाल र थाइल्यान्डले अंक बाँडे

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगितामा नेपाल र थाइल्यान्डले अंक बाँडेका छन् । थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाले अवरुद्ध बनेपछि दुवै टिमले १–१ अंक बाँडेका हुन् ।

nepal women

थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा बिना विकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल शुरु हुन नसक्दा दुवै टोली अंक बाड्न बाध्य भएका हुन् । नेपालकी ज्योति पाण्डेले ४ र सरिता मगरले ५ रन बनाएर खेलिरहेका थिए ।

टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि थाइल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनायो । घरेलु टिमका लागि नारुमोल चाइवाईले नटआउट २३ रन जोडिन् । उनको ३७ बलको पारीमा कुनै बाउन्ड्री भने थिएन ।

त्यस्तै ओपनर नाटाकम चन्तमले १८ रन जोडिन् । नेपालकी सरिता मगरबाट बोल्ड हुनुअघि उनले १८ बल खेलेर २ चौका प्रहार गरिन् । स्वर्णा्रिन टिपोचले १५ रनको योगदान गरिन् ।

बलिङतर्फ नेपालका लागि सरिता मगरले २ विकेट लिइन् । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १–१ विकेट हात पारे । सोमबार भएको अन्य खेलमा हङकङले मलेसियालाई ३५ रन तथा युएइले चीनलाई १६ रनले पराजित गर्‍यो ।

राउन्ड रोविनको आधारमा हुने लिगको शीर्ष २ टोली नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिने छन् । छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालका बाँकी खेल

५ मंसिर – हङकङविरुद्ध

७ मंसिर – युएईविरुद्ध

८ मंसिर – मलेसियाविरुद्ध

१० मंसिर – चीनविरुद्ध

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.