default_image

7 years ago

November 18, 2017

इपिएलका लागि पोखरामा ‘ट्यालेन्ट हन्ट’

136 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) टोली पोखरा राइनोजले एक स्थानिय खेलाडी छनोटका लागि पोखरामा ‘ट्यालेन्ट हन्ट’ सुरु गरेको छ । ट्यालेन्ट हन्टको पहिलो चरणमा कास्की र आसपासका जिल्लाका झन्डै १ खेलाडीको सहभागिा थियो । शनिबार दिनभर उनीहरुले पोखरा क्रिकेट मैदानमा ब्याटिङ, बलिङ र विकेट किपिङ गरे ।

त्यसमध्येबाट बन्द प्रशिक्षका लागि ७ खेलाडी छनोट भएको पोखरा राइनोजका व्यवस्थापक सुदिन मानन्धरले जानकारी दिए । त्यसमा मेख वहादुर सेन, प्रकाश खनाल, विजयन विष्ट, दिपक गुरुङ, कुशल मल्ल, सुमन गुरुङ र देव शाह छन् । सोहिल कुवंर र सृष्टी लौडारीले विशेष प्रवेश पाएका छन् भने किरण पौडेल र विश्वास पराजुली वैकल्पिक खेलाडीका रुपमा राखिएको छ ।

यीहरु मध्येबाट १ खेलाडी पोखरा राइनोजका लागि अन्तिम छनोटमा पर्ने व्यवस्थापक मानन्धरले बताए । स्थानिय प्रतिभावान खेलाडीका लागि यो एउटा अवसरका रुपमा सहभागी गराउन लागिएको पोखरा राइनोजका मार्की खेलाडी शक्ति गौचनलेब ताए । शक्तिका अनुसार छनोटमा परेका खेलाडीलाई झन्डै दुई साता प्रशिक्षणमा राखिनेछ ।

ट्यालेन्ट हन्ट कार्यक्रमको सुरुवातगर्दै पोखरा लेखनाथ महानगर पालिका मेयर मानवहादुर जिसीले पोखरामाअन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न यस्ता खेलहरु आयोजना हुँदै जानु पर्नेमा जोड दिए । पोखरा राइनोजसहित काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स,चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटरर्सले इपिएलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.