7 years ago
November 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा भाग लिएर नेपाली युवा टोली आज स्वदेश आइपुगेको छ । सेमिफाइनल हिजो अफगानिस्तानसँग पराजित भएसँगै नेपाली टोली स्वदेश फर्केको हो । युवा टोलीलाई राष्ट्रिय टोलीका शरद भेषावकर, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अधिकृत छुम्बी लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्रिभुवन विमानस्थलमा नेपाली युवा क्रिकेट टोली । तस्बिरहरु: विवेक सुवेदी/हाम्रो खेलकुद
अफगानिस्तानले आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्ने । तुलानात्मक रुपमा सेमिफाइनलमा कमजोर प्रदर्शन गरको नेपालले त्यसअघिका खेलमा उच्च प्रदर्शन गरेको थियो । एसिया कपको पूर्व च्याम्पियन भारतलाई १९ रनले हराउँदै नेपाली युवा टोलीले इतिहास रचेको थियो । नेपालले कुनै पनि उमेर समूहमा भारतलाई हराएको त्यो पहिलो खेल थियो ।
पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर, समूह चरणका दुवै खेलको नतिजा आफु अनुकल आएपछि नेपाल अन्तिम चारमा पुगेको थियो । बंगलदेशले भारतलाई स्तब्ध पार्नुअघि नेपालले मलेसियालाई ८ विकेटले हराइसकेको थियो ।
लगातार दुई जितपछि पनि नेपालको अघिल्लो चरणको यात्रा निश्चित थिएन । तर, जब बंगलादेशले भारतलाई पराजित गर्यो, त्यसपछि नेपाल सोझै अघिल्लो चरण पुगेको थियो । नेपाल इस्टर्न रिजनको च्याम्पियनका रुपमा एसिया कपका लागि छनोट भएको थियो ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]