default_image

7 years ago

November 17, 2017

पोखराको माछापुच्छ्रे क्रिकेट क्लब दुवईतर्फ

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको पोखराको माछापुच्छ्रे क्रिकेट क्लब दुवईतर्फ क्लब दुईवटा अभ्यास खेलका लागि आज संयुक्त अरब इमिरेट्स (युइए) को दुवईतर्फ लागेको छ । दुईवटा खेलका लागि १२ सदस्यीय टोली त्यसतर्फ जानुअघि राजधानीमा आयोजित पत्रकार विदाई कार्यक्रममा जानकारी दिइयो ।

माछापुच्छ्रेले पहिलो खेल शनिबार दार्जिलिङ क्रिकेट क्लबसँग खेल्नेछ । खेल आइसीसी क्रिकेट मैदानमा हुने टिमका कप्तान दिपेश खत्रीले जानकारी गराए । क्लबले आइतबार याक्टा क्रिकेट एकेडेमीसँग इडेन गार्डेन क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल २० ओभरको हुनेछ ।

नेपालमा पनि क्रिकेटको सम्भावना छ भन्ने देखाउन क्लबले पहिलो पटक दुवई भ्रमण गरेको कप्तान दीपेशले बताए ।भविष्यमा टोलीले नेदरल्यान्ड्सको भ्रमण पनि गर्न लागेको सोही अवसरमा जानकारी गराइयो । टिमलाई दुवई जानको लागि टिप टपले जर्सी प्रायोजन गरेको र क्वेष्ट ट्राभल्सले यातायात खर्च बेहोरेको जानकारी दियो ।

दुवई जाने माछापुच्छ्रे क्रिकेट क्लबका खेलाडी

१.दिपेश खत्री (कप्तान)
२.रविन जोशी (उप कप्तान)
३.सुनिल गंगर
४.सुमन चौलागाईं
५.सुमन उदय
६.कविन सापकोटा
७.प्रकाश चन्द ठकुरी
८.प्रितम दुवाल श्रेष्ठ
९.आदित्य मल्ल
१०.नवीन कार्की
११.किरण बुढाथोकी
१२. विनायक विक्रम थापा (व्यवस्थापक)

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.