default_image

7 years ago

November 17, 2017

योजना अनुसार चल्न सकेनौँ – प्रशिक्षक दास

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ एसिया कपमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । विजेता अफगानिस्तान भने आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्ने छ ।

प्रशिक्षक विनोद दास:

हामी आज योजना अनुसार चल्न सकेनौँ र अवस्था खराबबाट नाजुक हुन पुग्यो । अनिलबाहेक कसैले राम्रो ब्याटिङ गर्न सकेनन् । कम स्कोरको लक्ष्य भएको कारण हामीले बलिङतर्फ गर्न सक्ने खासै केहि थिएन ।

प्रतियोगिताको दु:खत अन्त्य भएकोमा म आफैं दु:खी छु । आज हामी हाम्रो स्तरमा खेल्न सकेनौँ । समग्रमा प्रतियोगिता हेर्ने हो भने थुप्रै सकारात्मक पक्षहरु चैँ छन् । पहिलो पटक सेमिफाइनल पुग्नु पनि ठूलो कुरा हो । हामीले भारतलाई हराएर बंगलादेशलाई पनि राम्रो प्रतिस्पर्धा दियौँ ।

प्रतियोगितामा हाम्रो प्रदर्शन राम्रो रहेकोले म सन्तुष्ट छु । आगामी दिनहरुमा हामी आफ्नो पक्षबाट जे सकिन्छ गर्ने छौँ । एउटा प्रशासनिक निकायको गठन भए पछि सो निकायको पनि भूमिकाहरु स्पष्ट हुने छ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.