7 years ago
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्सले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी खेलाडी छनोट गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा बिहीबार भएको ट्यालेन्ट हन्टबाट ब्याट्सम्यान आकाश थापा छनोट भएका छन् । चितवन टाइगर्स अर्को महिना सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) को सहभागी ६ टोली मध्येको एक टोली हो ।
सहभागी हरेक टोलीले स्थानिय खेलाडीलाई समावेश गराउने पर्ने प्रावधान अनुसार ट्यालेन्ट हन्ट राखिएको हो । नारायणगढस्थित क्याम्पाचौरमा भएको ट्यालेन्ट हन्टमा ३० खेलाडीको सहभागिता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्का, पूर्व क्रिकेट खेलाडी दीपेन्द्र चौधरीले खेलाडी छनोट गरेका थिए ।
सहभागीमध्येबाट हेमन्त कुमार थापा क्षत्री, गौतम, संघर्ष, दिवस पौडेल र आशा पाँच जना पहिलो चरणमा छनोट भएका थिए । त्यसमध्येबाट आकाश अन्तिम छनोटमा परेका हुन् । चितवन टाइगर्समा अहिले सम्म ११ खेलाडी आबद्ध भइसकेका छन् ।
सहभागी हरेक टोलीले तीन जना विदेशी खेलााडी राख्न पाउने प्रावधान रहेको र आफुहरु खेलाडी अनुबन्धनको नजिक रहेको चितवन टाइगर्सका मालिक नवलपरासी निवासी किशोर भट्टराईले जानकारी दिए ।
टोलीमा सुवास खकुरेल, पृथु बास्कोटा, , दीपेन्द्र सिंह ऐरी, ललित भण्डारी, सहाब आलम आबद्ध छन् । ट्यालेन्ट हन्टबाट पहिलो चरणको छनोटमा परेका तीब्रगतिका बलर गौतमलाई पनि राइजिङ प्लेयरका रुपमा टोलीमा राख्ने भट्राईले जानकारी दिए ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]