default_image

7 years ago

November 17, 2017

यू १९ एसिया कप सेमिफाइनल – भारतपछि अब अफगानिस्तानसँग नेपालको परिक्षा

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ । टेस्ट मान्यता प्राप्त भारत, बंगलादेशको समूहमा परेकोले त्यो अनुमान अस्वभाविक पनि थिएन । सुरुआत पनि त्यस्तै भयो, बंगलादेशसँग २ विकेटले नेपाली टोली पराजित भयो । त्यसपछिको प्रतिद्वन्द्वि थियो भारत । भारतलाई नेपाललाई हराउँला भन्ने कसैलाई लागेको थिएन । त्यसको कारण थियो, नेपालले उमेर समूहमा त्यसअघि भारतलाई हराउन सकेको थिएन ।


भारत यसै पनि यू १९ एसिया कपको सबैभन्दा सफल टोली । तीन पटकको च्याम्पियन । तर, नेपालले असम्भवलाई सम्भव बनाएर भारतलाई १९ रनले हरायो । नेपालको त्यो भारतमाथिको जित एतिहासिक थियो, नै त्यहि जितले टोलीको सेमिफाइनलको ढोका पनि खोलेको थियो ।

तर, अन्तिम खेलमा मलेसियालाई ८ विकेटले हराउँदा पनि नेपाल अघि बढ्ने नबढ्ने अर्को खेलको नतिजामा भर पर्ने थियो । त्यहाँ अर्को नतिजा त्यस्तो आयो, जसले नेपालको सेमिफाइनल यात्रा सहज भयो । बंगलादेशले भारतलाई हराएपछि सोझै नेपाल अन्तिम चारमा पुग्यो भने भारत प्रतियोगिताबाट बाहिरयो ।

अब आज अर्को ठूलो परिक्षाबाट नेपाली टोली गुज्रनु पर्नेछ । नेपालले फाइनल प्रवेशका लागि आज अफगानिस्तानको सामना गर्दैछ । पछिल्लो समय क्रिकेटमा ठूलो फड्को मारेको अफगानिस्ता प्रतियोगिताको दाबेदारका रुपमा उभिएको छ । श्रीलंका, पाकिस्तान सम्मिलित समूहबाट विजेताका रुपमा अफगानिस्तान अघि बढेको थियो ।

आजको खेल जित्ने टोलीले पाकिस्तानसँग फाइनल खेल्नेछ । पहिलोको पहिलो सेमिफाइनलमा डर्क वर्थ लुइसको आधारमा पाकिस्तानले बंगलादेशलाई २ विकेटले हराएको थियो । नेपाल र अफगानिस्तानको खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ ।

January 16, 2025

साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]

January 16, 2025

आर्मीलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]

January 16, 2025

महिला पिएम कप – वर्षाका कारण दुवै खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]

Success

Thank you for your time.