default_image

7 years ago

November 16, 2017

सबैले खुलेर आफ्नो गेम खेल्ने छन् – प्रशिक्षक दास

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु-१९ युथ एसिया कपअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल र अफगानिस्तान भिड्दै छन् । नेपाल समूह ‘ए’को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने अफगानिस्तान समूह ‘बि’ को विजेताको रुपमा छनोट भएको हो ।

प्रशिक्षक विनोद दास :

भोलि हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण खेल हुने छ । उनीहरु केहि समययता निकै राम्रो खेलिरहेका छन् र हामीलाई पनि हालसालै दुई पटक हराइसकेका छन् । तर, भोलिको अवस्था फरक छ ।

पछिल्ला तीनवटै खेलमा हामी ब्याटिङ, बलिङ र फिल्डिङमा बलियो देखिएको छौँ । त्यहि पनि भोलिको खेल गाह्रो नै हुने छ । हाम्रो योजनाहरु छन् र त्यसअनुसार नै हामी खेल्न प्रयास गर्ने छौँ ।

वक्तिगत रुपमा हेर्ने हो भने, सबै खेलाडिलाई आफ्नो दायित्व थाहा छ । प्रेसर केहि छैन । सबैले खुलेर आफ्नो गेम खेल्ने छन् ।

March 17, 2025

बोसविरुद्ध पिसिबीको कानुनी नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले इण्डियन प्रिमियर लिग(आईपीएल) २०२५ खेल्न कानुनी बाधा आइपरेको छ । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पाकिस्तान सुपर लिग(पीएसएल)को ड्राफ्टमा डायमन्ड विधामा छनोट गरेका थिए । तर, मार्च ८ मा मुम्बई […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.