7 years ago
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ युथ एसिया कप अन्तर्गत आज नेपालले मलेसियालाई ८ विकेटले हरायो । त्यस्तै बंगलादेशले पनि भारतलाई हराउँदा नेपाललाई छनोट हुने सजिलो भएको हो । अब नेपालले सेमिफाइनल खेलमा शुक्रबार अफगानिस्तानसँग भिड्ने छ ।
प्रशिक्षक विनोद दास:
राम्रो प्रदर्शन गर्दै सेमिफाइनल पुग्दा खुसी लागेको छ । हामीले प्रतियोगिताभरि लगातार राम्रो प्रदर्शन गरिरह्यौँ र मिहिनेत गरेको जस्तै नतिजा पनि आएको छ ।
आजको स्थिति अलि सहज थिएन तर सबै योजना अनुसार नै भयो । बलिङ गर्दा सोचेजस्तो सुरुवात त भएन तर स्पिनरहरुले पछि निकै राम्रो बलिङ गरे । ब्याटिङ गर्दा हाम्रो योजना आक्रमण गर्ने थियो र अनिलले पनि राम्रो ब्याटिङ गर्यो ।
अब अफगानिस्तानसँगको सेमिफाइनल अवश्य गाह्रो हुने छ । उनीहरुले पनि राम्रा टोलीहरुलाई हराएका छन् र हामीलाई पनि राम्ररी चिन्छन् । हामी अन्तिम बलसम्म लड्ने छौं भनेर पनि उनीहरुलाई थाहा छ । तर हामीले हाम्रो ‘बेस्ट’ दिने छौँ ।
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]