7 years ago
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा बंगलादेशले भारतलाई ८ विकेटले हराएको छ । यस नतिजासँगै नेपाल पनि बंगलादेशसँगै सेमिफाइनल प्रवेश गरेको छ ।
बंगलादेशको जितमा ओपनर पिनाक घोश नायक रहे । १८८ रनको लक्ष्य पछ्याइरहेको अवस्ठामा घोशले ८१ रनको पारी खेल्दै बंगलादेशलाई २८ ओभरमा जित दिलाएका थिए । पानीले प्रभावित भएको कारण खेल ३२ ओभरमा छोटिएको थियो ।
बंगलादेशको जितसँगै नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ। यसअघि सन्दिप लामिछानेको ५ विकेटको मद्दतले नेपालले मलेसियामाथि ८ विकेटको शानदार जित दर्ता गरेको थियो ।
समूह ‘ए’मा बंगलादेशले सबै खेल जित्दै ६ अंक बटुलेको छ भने नेपालको ४ अंक रहेको छ । त्यस्तै भारत केवल दुई अंकमा सीमित रह्यो भने आयोजक मलेसिया अंकविहीन रह्यो ।
अब नेपालले आफ्नो सेमिफाइनल खेल समूह ‘ए’को विजेता अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । बिहीबार हुने अर्को सेमिफाइनलमा भने समूह ‘ए’को विजेता बंगलादेश र समूह ‘बि’को उपविजेता पाकिस्तान भिड्ने छन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]