default_image

7 years ago

November 14, 2017

नेपालको शानदार जित, अब भाग्य अर्को खेलमा निर्भर

89 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ५.३ ओभरमै पुरा गरेको हो ।

नेपालका लागि अनिल सिहंले अवजित २६ रन बनाए भने दीपेन्द्र ऐरी १२ रनमा आउट भएका थिए । त्यस्तै आसिफ सेखले ४ तथा भिम सार्किले ३ रन जोडेका थिए ।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४५ रनमै अल-अाउट पारेको थियो । वर्षाले प्रभावित भएको कारण २४ ओभरमा छोटिएको खेलमा मलेसिया १५.३ ओभरमा अल-अाउट हुन पुग्यो ।

मलेसियाका ओपनरद्वय सइद मुबारक (२०) र भिरन्दिप सिहं (१०)ले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । तर त्यसपछी १२ रनको अवधिमा मलेसियाले सबै १० विकेट गुमायो ।

नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । दीपेन्द्र ऐरी र शाहद आलमले २-२ लिए र अनिल कुमार शाहले १ विकेट लिए । मलेसियाका ६ ब्याट्सम्यानले खातै नखोली पेभेलियन फर्किएका थिए ।

अब छनोट हुन नेपालको भाग्य भारत विरुद्ध बंगलादेशको खेलमा निर्भर छ । बंगलादेशले भारतसँग जित मात्र निकाले पुग्छ । दोस्रो स्थिति भने नेट रन रेटमा आधारित छ जहाँँ भारतले बंगलादेशलाई भारी अन्तरले हराउन पर्ने हुन्छ । बंगलादेश १९० रनको लक्ष्य पछ्याइरहेको छ ।

March 17, 2025

आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.