default_image

7 years ago

November 14, 2017

मलेसियाविरुद्ध नेपाललाई ४६ रनको लक्ष्य

92 views

0 Bookmark

काठमाडौं (एजेन्सी) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ४६ रनको लक्ष्य पाएको छ । वर्षाले प्रभावित भएको कारण २४ ओभरमा छोटिएको खेलमा मलेसिया १५.३ ओभरमा ४५ रन बनाउँदै अल-अाउट हुन पुग्यो ।

पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय सइद मुबारक (२०) र भिरन्दिप सिहं (१०)ले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । तर त्यसपछी १२ रनको अवधिमा मलेसियाले सबै १० विकेट गुमाउन पुग्यो ।

नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । दीपेन्द्र ऐरी र शाहद आलमले २-२ लिए र अनिल कुमार शाहले १ विकेट लिए । मलेसियाका ६ ब्याट्सम्यानले खातै नखोली पेभेलियन फर्किएका थिए ।

छनोट हुने सम्भावना जीवित राख्न नेपाललाई आज ठुलो अन्तरको जित चाहिएको छ । त्यसैले कम ओभरमा लक्ष्य पछ्याएको स्थितिमा नेपालको सम्भावना बलियो हुने छ । तर नेपालको भाग्य भारत विरुद्ध बंगलादेशको खेलमा पनि निर्भर हुने छ ।

March 17, 2025

आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.