default_image

7 years ago

November 13, 2017

यू १९ एसिया कपमा भोलि नेपाललाई जितेर मात्र नपुग्ने!

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पार्दै हिजो आफूलाई मलेसियामा जारी एससी यू १९ एसिया कप क्रिकेटमा  बचाइराखेको थियो । तर आज बंगलादेशले मलेसियालाई हराएकाले नेपालको सम्भावना अलि कठिन भएको छ ।

बंगलादेशले मलेसियालाई २ सय६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ र बंगलादेशले भारतसँग जित मात्र निकाले पुग्छ । दोस्रो स्थिति भने नेट रन रेटमा आधारित छ जहाँँ भारतले पनि बंगलादेशलाई भारी अन्तरले हराउन पर्ने हुन्छ । समूहमा बंगलादेशले २ खेल जितेको छ भने नेपाल र भारतले समान १ खेल जितेका छन् । आयोजक मलेसियाले दुवै खेल हारिसकेको छ ।

प्रशिक्षक विनोद दास:

यो हाम्रो लागि छनोट खेल जस्तै हो । हाम्रो मुख्य लक्ष्य राम्रो प्रदर्शन गर्दै ठूलो जित निकाल्ने हुने छ । तर हामी अन्य खेलमा पनि भर पर्नु पर्ने हुँदा पहिलो पारी सकेर फेरी छनोटको स्थितिको मुल्याङ्कन गर्ने छौँ । पहिलो खेल हारे पनि यो स्थितिमा उभिनु भनेको सकारात्मक कुरा नै हो । अब भोलि ठूलो जित हात पार्दै अरु देशलाई बलियो सन्देश दिन चाहन्छौँ ।

कप्तान दिपेन्द्र ऐरी:


जित्नुबाहेक अरु विकल्प छैन । बंगलादेशले मलेसियालाई जित्यो भनेपछि हाम्रो सम्भावना अझै कठिन भएको छ । पहिले ब्याटिङ गरे ठूलो स्कोर बनाउने र पहिले बलिङ गरे मलेसियालाई कम स्कोरमा रोक्ने हाम्रो लक्ष्य हुने छ । भारत र बंगलादेशको नतिजाले प्रभाव पारे पनि हामीले हाम्रो ‘बेस्ट’ दिने छौँ । भारत विरुद्धको जितले आत्मबल पनि बढेकोले सेमिफाइनल पुग्नेमा हामी आशावादी छौँ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.