7 years ago
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतसँग खेल्दै गरेको नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन् । उनले ७१ बलमा २ चौका र १ छक्काको मद्धतले ५० रन पुरा गरेका हुन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरको समाप्ती सम्म ५ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । हाल पवन शर्राफ १ रनमा तथा दीपेन्द्र ५७ रनमा क्रिजमा छन् । नेपालले १२ रनमा आसिफ शेखलाई (३) गुमाएको थियो । भिम सार्कीले १५ रन जोडे ।
अनिल कुमार शाह ६ रन बनाउदै आउट भए भने ओपनर जितेन्द्र सिंहले ९५ बलमा ३६ रन जोडे । पहिलो खेलमा बंगलादेशविरुद्ध राम्रो ब्याटिङ गरेका रोहित कुमार पौडेल ६ रनमा आदित्य थकारेको शिकार बने । थकारेले २ विकेट लिएका छन् । अघिल्लो चरण प्रवेशका लागि नेपाललाई आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । भारत तीन पटकको च्याम्पियन हो ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]