7 years ago
November 11, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – एसिसी यू–१९ एसिया कप अन्तर्गतको पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएपछि नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले समग्रमा नेपालले राम्रो खेल खेलेको तर नतिजा आफ्नो पक्षमा नअाउँदा दुःख लागेको बताएका छन् ।
‘हाम्रो सुरुवात राम्रो भएन । ८० रनको स्कोरमा ४ विकेट गइसकेको थियो।’ उतारचढाव युक्त खेलबारे बताउँदै दासले भने, ‘हामीले फेरी पुनरागमन गर्यौँ र १८१ रन सम्मको लक्ष्यमा पुर्यायौँ ।’
दोस्रो पारीमा पनि खेल उस्तै रह्यो । पहिलो विकेटका लागि संघर्षरत नेपालले बंगलादेशले ४७ रन जोड्दा मात्रै पिंक घोषलाई एलबिडब्लुको सिकार बनाएको थियो । पुनः नेपाली बलरहरुले पुनरागमन गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।
‘बंगलादेश टेस्ट खेल्ने राष्ट्र भएकाले उनीहरुसँग हाम्रो तुलनामा अनुभव बढी छ । राम्रो विकेटमा क्रिकेट खेल्दै आएकाले उनीहरुलाई ब्याट कुन दिशामा घुमाउँदा एकदुई रन जोड्न सकिन्छ भन्ने थाहा छ।’ दासले भने, ‘हामीले भर्खरै तीनचारवटा खेल मात्रै राम्रो विकेटमा खेल्न पायौँ । उनीहरुको जस्तै सुधार हाम्रो ब्याट्सम्यानमा पनि देखिँदै आएको छ।’
भोली हुने भारतसँगको खेलबारे प्रतिक्रिया दिँदै दासले भने, ‘टेस्ट राष्ट्रहरुसँग खेल्नु हाललाई आफूलाई ‘इम्प्रुभ’ गर्ने माध्यम हो । यदि हामीले टेस्ट खेल्ने राष्ट्रहरुसँग राम्रो गर्यौँ भने हामीलाई आफ्ना क्षेत्रको टोलीहरुसँग खेल्न आत्मविश्वास बढेर जान्छ।’
बंगलादेशसँगको अभ्यास खेल, आजको खेल र भोली हुने भारत विरुद्धको खेल नेपालका लागि आफ्नो क्षमता मापन गर्ने राम्रो माध्यम भएको पनि दासले बताए । बंगलादेश विरुद्ध खेल्दा ओपनर आसिफ सेख हल्का ज्वरोसँग जुध्नुपरेकाले ठूलो स्कोर गर्न नसकेको बताउँदै दासले अनिलकुमार साह र दीपेन्द्रसिंह ऐरीले सुरुवात पाए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न नसकेको उनले बताए।
‘मध्यक्रमका ब्याट्सम्यानहरु भिम सार्की र रोहित पौडेलको राम्रो प्रदर्शनले नेपालको ब्याटिङमा गहिराई देखिएको छ।’ दासले भने, ‘आगामी खेलमा अन्य टोलीसँग दुई सय तीस/चालिस रन बनाउन सके राम्रो च्यालेन्ज दिनसक्छौँ ।’
भारत विरुद्धको भोलीको खेलमा आफ्नो ‘बेस्ट’ दिने प्रयास गर्ने दासले बताए । ‘भारतलाई सप्राइज दिन सक्छौँ भन्ने आशा छ। यो सजिलो छैन तर हामीले मानसिक रुपमा आफ्नो बेस्ट गर्नेछौँ भनेर खेल्यौँ भने मलाई लाग्छ भोली हामी अझै राम्रो प्रदर्शन गर्नसक्छौ।’ दासले भने ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]