7 years ago
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ । पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ-लुइस प्रणाली (डिएलएस) मार्फत २ विकेटको जित हात पारेको हो ।
बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो (३३) र पिनाक घोस (२५) ले पनि राम्रो ब्याटिङ प्रदर्शन गरेका थिए ।
बलिङमा खराब सुरुवात गरेको नेपालले अन्तिमतिर भने लय समातेको थियो । तर अन्तिममा केहि खराब फिल्डिङका कारण खेल बंगलादेशको पक्षमा रहन पुग्यो । बलिङतर्फ नेपालका लागि कमल ऐरी र सन्दिप लामिछानेले २-२ विकेट लिएका थिए ।
यस अघि नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । तर पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको थियो ।
नेपालका लागि भिम सार्कीले ४० बलमा सर्वाधिक ४४ रन जोड्न सफल भए । रोहित कुमार पौडेलले ४० रन बनाए भने ओपनर आसिफ सेखले ५२ बलमा ३० रन बटुलेका थिए ।
त्यस्तै मिडल अर्डरमा कप्तान दिपेन्द्र ऐरी (१२) र अनिल कुमार शाह (१९) भने सस्तैमा पभेलियन फर्किएका थिए । बंगलादेशका नयिम हसनले सर्वाधिक ३ विकेट लिएका थिए ।
नेपालले आफ्नो दोस्रो खेल भोली आइतबार भारतसँग खेल्ने छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]