default_image

7 years ago

November 11, 2017

नेपालद्वारा एक सय ८१ रनको लक्ष्य, बंगलादेश बलियो स्थितिमा

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यु-१९ युथ एसिया कप अन्तर्गत आज मलेसियाको किन्रारा ओभल मैदानमा नेपाल यु-१९ र बंगलादेश यु-१९ भिड्दै छन् । नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।


पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको हो । २६ ओभर खेल्दै केवल २ विकेटको क्षतिमा बंगलादेशले एक सय २ रन बनाइसकेको छ ।

नेपालका लागि भिम सार्कीले ४० बलमा सर्वाधिक ४४ रन जोड्न सफल भए । रोहित कुमार पौडेलले ४० रन बनाए भने ओपनर आसिफ सेखले ५२ बलमा ३० रन बटुलेका थिए । त्यस्तै मिडल अर्डरमा कप्तान दिपेन्द्र ऐरी (१२) र अनिल कुमार शाह (१९) भने सस्तैमा पभेलियन फर्किएका थिए ।

बंगलादेशका नयिम हसनले सर्वाधिक ३ विकेट लिएका थिए । अहिले बंगलादेशका ओपनर नायिम हसन अवजित ४२ रनमा खेलिरहेका छन् । नेपालका लागि कमल ऐरी र सन्दिप लामिछानेले १-१ विकेट लिएका छन् ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.