default_image

7 years ago

November 9, 2017

यू १९ एसिया कप भोलीबाट सुरु हुँदै, नेपालको खेल शनिबार

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा एसीसी यू १९ एसिया कप शुक्रबार सुरु हुँदैछ । नेपालले शनिबार बंगलादेशविरुद्ध खेल्दै एसीसी यू १९ एसिया कपको सुरुआत गर्दैछ । नेपाल र बंगलादेश दुवैले एकअर्कासँग तीनवटा अभ्यास खेल खेल्दै एसिया कपको तयारी गरेका थिए । गत साता खेलका तीन अभ्यास खेल मध्ये दुईमा बंगलादेश र अन्तिम खेलमा नेपाल विजयी भएको थियो ।

आज भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली युवा टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एसिया कपको लागि नेपाली टोलीको तयार राम्रो भएको बताएका छन् । ‘बंगलादेशसँगको अभ्यास खेलको श्रृखंलाले हाम्रो तयारी उत्कृष्ट भएको छ,’ उनले आशा गरे,‘हामी पछिल्लो खेलको प्रदर्शनलाई यहाँ दोहोराउन चाहन्छौं ।’

बंगलादेशका कप्तान मोहम्मद सैफ हसनले तयारी सन्तोषजनक रहेको उल्लेख गरे । उनले भने, ‘नेपालले अभ्यासमा निकै राम्रो खेल्यो र त्यसमध्ये एउटा जित्यो पनि । हामी पनि जितका साथ अघि बढ्न चाहन्छौं ।’

नेपाल र बंगलादेशसँगै समूह ‘ए’ मा तीन पटकको च्याम्पियन भारत र आयोजक मलेसिया रहेका छन् । मलेसियाका कप्तान भिरनदीप सिंहले भने , ‘युवाहरुका लागि एसीस्ले यो राम्रो अवसर जुटाएको छ । हामी उत्कृष्ट नजिताको अपेक्षासहित प्रतियोगितामा खेल्दैछौं ।’

भारतीय कप्तान हिमांशु रानाले यो उमेर समूहको कुनै पनि फाइनलमा पराजित हुन नपरेको स्मरण गर्दै त्यसकै निरन्तरताको अपैषा राखेका छन् । उनले पाकिस्तान र श्रीलंका पनि त्यत्तिकै बलियो रहेको बताए ।

पहिलो दिन भारत र मलेसिया, पाकिस्तान र अफगानिस्तान तथा श्रीलंका र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.