7 years ago
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका आज नेपाली टोलीको प्रारम्भिक छनोट भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डोकेको छ । प्रशिक्षण भोलीबाट सुरु हुने बताइएइको छ । २८ मध्ये दुई खेलाडीको भने नाम सार्वजनिक गरिएको छैन ।
भोलीबाट मलेसियामा सुरु हुनृ एसीसी यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने २ खेलाडीलाई पनि समावेश गरिने बताइएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन २ मा घटुवा भइसकेको नेपाल र युएइबीच मंसिर २० र २२ गते अबुधावीको शिख जायेद मैदानमा खेल हुनेछ ।
प्रारम्भिक छनोटमा परेका खेलाडी
१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. शरद भेषवाकर
४.बसन्त रेग्मी
५.सोमपाल कामी
६.सागर पुन
७.विनोद भण्डारी
८. करण केसी
९.सुशील कँडेल
१०.ललितसिंह भण्डारी
११.सुसन भारी
१२.मोहम्मद आरिफ शेख
१३.दीपेन्द्रसिंह ऐरी
१४. सन्दीप लामिछाने
१५. जितेन्द्र मुखिया
१६. नरेश बुढाऐर
१७. मेहबुब आलम
१८. कुशल भुर्तेल
१९. दिलिप नाथ
२०.सौरभ खनाल
२१.अनिल मण्डल
२२. हसिम अन्सारी
२३. विक्रम शोव
२४.सुनिल धमला
२५. शक्ति गौचन
२६. सिद्धान्त लोहनी
२७. यू–१९का खेलाडी (एसिया कपपछि छनोट गरिने)
२८. यू–१९का खेलाडी (एसिया कपपछि छनोट गरिने)
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]