default_image

7 years ago

November 7, 2017

भारतलाई टि ट्वान्टी श्रृंखला, ८ ओभरको खेलमा ६ रनले विजयी

159 views

0 Bookmark

थिरुवनन्तपुरम (एजेन्सी)– भारतले न्युजिल्यान्डविरुद्धको तीन टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । वर्षाले प्रभावित तेस्रो तथा निर्णायक टि ट्वान्टीमा आज न्युजिल्यान्डलाई ६ रनले हराउँदै भारतले उपाधि जितेको हो । सन् २०१५ को अक्टुबर यता भारतले घरेलु मैदानमा क्रिकेटको कुनै श्रृखंला गुमाएको छैन । टि ट्वान्टीअघि तीन एक दिवसिय श्रृखंलामा पनि भारतले न्युजिल्यान्डलाई २–१ ले हराएको थियो ।

आजको खेलमा टस जितेर न्युजिल्यान्डले फिल्डिङ रोजेको थियो । ८ ओभरमा घटाइएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ६७ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ६ विकेटको नोक्सानीमा ६१ रन मात्र बनाउन सक्यो ।

भारतका लागि जस्पित बुम्रहाले २ तथा भुवनेश्वर कुमार र कुलदिप यादवले समान १ विकेट लिए । न्युजिल्यान्डका लागि कोलिन डी ग्रान्डहोमले सर्वाधिक १७ रन जोडेपनि जित दिलाउन सकेनन् । ग्लिन फिलिप्सले ११ रन जोडे भने बाँकी कुनै ब्याट्सम्यानले दोहोरो आँकडामा रन बनाउन सकेनन् ।

त्यसअघि भारतका लागि मनीष पाण्डेले १७, हार्दिक पाण्डेयले अविजित १४ र कप्तान विराट कोहलीले १३ रन जोडेका थिए । न्युजिल्यान्डका टिम साउथी, इस सोधीले समान २ र ट्रेन्ट बोल्टले १ विकेट लिएका थिए ।

March 18, 2025

महिला क्रिकेट टोली भोलि स्वदेश आइपुग्ने

काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

Success

Thank you for your time.