7 years ago
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको युवा टोलीसँगको तीन अभ्यास खेल नेपाली टोलीका लागि निकै फलदायी भएको प्रशिक्षक विनोद दासले बताएका छन् । सोमबार राति स्वदेश फर्केको टोली एसीसी यू १९ एसिया कपमा भाग लिन हिजो राति मलेसिया गएको छ ।
बंगलादेश भ्रमणमा सुरुआती दुई खेलमा पराजित नेपाली टोलीले अन्तिम खेल जितेको थियो । बंगलादेशमा सिकेका चिजलाई खेलाडीले मलेसियामा प्रयोग गर्ने आशा व्यक्त गर्दै प्रशिक्षक दासले भने, ‘ब्याटिङमा केही सुधार आएको छ, खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाँउ छ ।मलेसियामा पनि सक्दो राम्रो क्रिकेट खेल्दै हरेक खेल जित्नको लागि प्रयास गर्नेछौं ।’ खेलाडीमा क्षमताको कुनै कमी नरहेको उल्लेख गर्दै मलेसिया जानुअघि उनले थपे, ‘ सोचे अनुरुपको गर्न सक्छौं कि सक्दैनौ भन्ने मुख्य विषय हो ।’
एसिया कपमा कात्र्तिक २५ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिसया रहेको छ । नेपालको दोस्रो खेल कार्तिक २६ गते भारतसँग खेल्नेछ ।
समूह चरणको अन्तिम खेल कार्तिक २८ गते नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । भारत तीन पटकको एसिया कप च्याम्पियन हो । प्रशिक्षक दासकै नेतृत्वमा गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियन बन्दै नेपाल यू–१९ एसिया कपका लागि छनोट भएको थियो ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]