default_image

7 years ago

November 7, 2017

भारत विरुद्ध न्युजिल्यान्ड: निर्णायक खेल आज

137 views

0 Bookmark

केराला (एजेन्सी) – घरेलु टोली भारतले आज तेस्रो तथा निर्णायक टि-ट्वेन्टि खेलमा न्युजिल्यान्डको सामना गर्ने छ । थिरुभनान्थापुरमको ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा खेलिने सो खेल नेपाली समय अनुसार ७.१५ बजे सुरु हुने छ ।

Kohli and Bumrahभारतले पहिलो खेल ५३ रनले जितेको थियो भने भ्रमणकारी टोली न्युजिल्यान्डले दोस्रो खेल ४० रनले जित्दै तीन खेलको श्रृंखला १-१ बनाएको थियो । त्यसैले आजको खेलको नतिजाले श्रृंखलाको निर्णय पनि गर्ने छ ।

भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले आफ्नो स्तरको प्रदर्शन नगरेको भन्ने आलोचना पाउँदा उनले खेल्ने-नखेल्ने अथवा खेले पनि कुन नम्बरमा ब्याटिङ गर्ने छन् भन्ने स्पष्ट छैन ।

भारतका बलरद्वय जस्प्रित बुम्राह र भुवनेश्वोर कुमारले पछिल्लो खेलमा अन्तिमतिर राम्रो बलिङ गरे पनि पहिलो खेल खेलिरहेका मोहम्मद सिरजले भने खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । त्यसैले सिरजको आज टोलीमा स्थान अनिश्चित रहेको छ ।

पछिल्लो खेलमा भ्रमणीय टोलीका लागि बलर ट्रेन्ट बोल्टले निकै राम्रो प्रदर्शन गरेका थिए । यस खेलमा पनि भारतलाई खुलेर रन बटुल्न नदिन र सुरुवातमै विकेट लिएर दबाबमा राख्न बोल्टको ठूलो भूमिका हुने छ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.