7 years ago
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टोलीले तेस्रो अभ्यासखेल आज जितेको छ । नेपालले घरेलु टोलीमाथि ६ विकेटको जित दर्ता गरेको हो । नेपाल र बंगलादेश दुवै कात्तिक २३ गते मलेसियामा सुरु हुने एसीसी यू १९ एसिया कपको अन्तिम तयारीमा जुटेका छन् ।
नेपालले यसअघिका दुई खेल ३ विकेट र १ सय २३ रनले गुमाएको थियो । आज बंगलादेशले दिएको २ सय २६ रनको लक्ष्य नेपाली टोलीले ४६.३ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । टोलीका लागि आसिफ शेखले अर्धतक पुरा गरे । आसिफले ९० रन जोडे । ८८ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि आसिफले जितेन्द्र सिंहसँग १ सय ३९ रनको साझेदारी गरेका थिए । जितेन्द्र ४५ रन बनाए । रोहित कुमार पौडेलले २५ र अनिल कुमार शाहले पनि १५ रन जोडे । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी २७ र भिम सार्की १३ रनमा अविजित रहे । बंगलादेशका रोनी हुसेन, काजी अनिक इस्लाम, शाखावात हुसेन र सैफ हसनले समान १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले अमिनुल स्लामको अर्धशतक तथा महमद रकिबको बिष्फोटक ब्याटिङमा बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो । मध्यक्रमका अनिमुलले ८० रन बना । रकिबले ६ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडे । रोशिउल हक २१ रनमा अविजित रहे ।
सोजिब होसेन ६, पिनाक घोष २३, कप्तान सैफ हसन १७, अफिफ होसेन १८ रन बनाएर आउट भए । नेपालका लागि शाहब आलमले ३ विकेट लिए । अनिल कुमार शाहले २ तथा कप्तान दिपेन्द्रले १ विकेट लिए ।
एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन् । बंगलादेशसँग कात्तिक २५ गते खेल्दै नेपालले एसिया कपको सुरुआत गर्नेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिया रहेका छन् ।
नेपालको दोस्रो खेल कार्तिक २६ गते भारतसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल कार्तिक २८ गते नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । भारत तीन पटकको एसिया कप च्याम्पियन हो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]