7 years ago
November 5, 2017
राजकोट (एजेन्सी)– न्युजिल्यान्डले भारतलाई शनिबार दोस्रो खेलमा ४० रनले हराउँदै तीन खेलको टि ट्वान्टी श्रृखंलामा १–१ को बराबरी गरेको छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर ब्याटिङ रोजेका थिए । कोलिन मुनरोको शतकसँगै न्युजिल्यान्डले २ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो ।
जवाफमा कप्तान विराट कोहलीको अर्धशतकका वावजुद भारतले ७ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । मुनरो र मार्टिन गुप्टिलले पहिलो विकेटका लागि ११.१ ओभरमा १ सय ५ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई बलियो अवस्थामा पुर्याएका थिए । मुनरोले अविजित १ सय ९ रन बनाए भने गुप्टिल ४५ रनमा आउट भएका थिए ।
टि ट्वान्टीमा मुनरोले ५४ बलमा दोस्रो शतक पुरा गरे । ५८ बल खेलेका उनले ७ चौथा र उत्तिनै छक्का प्रहार गरे । त्यस्तै कप्तान विलियम्सनले १२ रन जोडे भने ब्रुस अविजित १८ रनमा रहे । जवाफमा भारतको सुरुआत नै कमजोर रह्यो ।
ओपनर रोहित शर्मा र शिखर धवनलाई ट्रेन्ट बोल्टले आउट गरेपछि भारत दबाबमा परेको थियो । भारतका लागि कप्तान कोहलीले ६५ रन बनाए भने पूर्व कप्तान महेन्द्र सिंह धोनीले ४९ रन जोडे । श्रेयास ऐयरलेले २३ रन बनाएका थिए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो आकंडा छुन सकेनन् । न्युजिल्यान्डका लागि बोल्टले ४ विकेट लिएका थिए ।
अब तेस्रो तथा निर्णायक खेल मङ्गलबार ग्रिनफिल्डअन्तर्राष्ट्रिय रङ्गशालामा खेलिने छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]