7 years ago
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कपको को तयारीमा रहेको नेपाली युवा टोली बंगालदेशसँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बंगालेदश भ्रमणमा रहेको नेपाली टोली आज घरेलु टोलीसँग २ सय २३ रनले पराजित भएको थियो । यसअघि बिहिबारको पहिलो खेल नेपालले ३ विकेटले गुमाएको थियो ।
आज बंगलादेशले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनमात्र बनाउन सफल भयो । खराब सुरुआत गरेको नेपाली टोलीका कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । १० औं नम्बरमा ब्याटिङमा आएका रसिद खानले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन फितलो रह्यो ।
रसिदले ४० बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरे । सन्दीप लामिछानेले अविजित १२ रन जोडे । सन्दीप र रसिदले दशौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि नेपालले सय रन कटाएको थियो । मध्यक्रमका ब्याट्सम्यान पवन शर्राफले १६ रन बनाए । रनआउटको सिकार हुनुअघि उनले ४२ बल खेलेर २ चौका प्रहार गरे । प्रनित थापा मगरले १२ रन बनाए ।
नेपालले सुरुवाती ५ विकेट ११ ओभरमा गुमाउँदा केवल २९ रन जोड्यो । ओपनर सन्दीप सुनार ३ र मोहम्मद आसिफ शेख ९ रनमै पेभेलियन फर्के । कप्तान दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट हुँदा रोहित कुमार पौडेलले ९ रन मात्र जोड्न सके । भीम सार्की पनि ६ रनमै आउट भए। नेपालको इनिङलाई धरासायी बनाउन बंगलादेशका हसन मोहम्मदले ३ विकेट लिए । रोनी हुसेन, रोबिउल हक र अफिफ हसनले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दुई खेलाडीको अर्धशतकसँगै ८ विकेटको क्षतिमा २ सय २७ रन जोड्यो । बंगलादेशका लागि कप्तान सइफ हसनले सर्वाधिक ६२ रन बटुले । अफिफ हुसेनले ५९ रन जोडे । ओपनर नइम शिखले २६ तथा सोजिव हुसेनले ७ रन जोडे । सन्दीपर दीपेन्द्रले २–२ विकेट लिए ।
नेपालले अभ्यासका क्रममा बंगलादेशको युवा टिमसँग अन्तिमखेल सोमबार खेल्नेछ । एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन् । बंगलादेशसँग कात्तिक २५ गते खेल्दै नेपालले एसिया कपको सुरुआत गर्नेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिया रहेका छन् ।
नेपालको दोस्रो खेल कार्तिक २६ गते भारतसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल कार्तिक २८ गते नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । भारत तीन पटकको एसिया कप च्याम्पियन हो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]