7 years ago
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – यू १९ को दोस्रो अभ्यास खेलमा नेपालले २ सय २८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको बंगलादेशले दुई खेलाडीको अर्धशतकसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको नेपालको सुरुआत खराब भएको छ ।
यो समाचार तयार पर्दा सम्म नेपालले १५ ओभरमा ५ विकेट गुमाएर ३८ रन मात्र जोड्न सकेको छ । सन्दीप सुनान (३), आसिफ सेख (९), अनिल शाह (३), कप्तान दीपेन्द्र (०), रोहित पौडेल (९) आउट भइसकेका छन् ।
यसअघि घरेलु टोलीका लागि सैफ सहन र अफिफ हुसुनेले अर्धशक पुरा गरेका थिए । सैले ६२ र रनआउट हुनुअघि अफिफले ५९ रन बनाएका थिए । तोविद हृडेलले २९, ओपनर नइम सेखले २६ र सकिल हुनेले १४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सन्दीप लामिछाने र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।
बिहिबारको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । त्यो खेलमा नेपालले दिएको १ सय ५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । नेपाल र बंगलादेशको युवा टोली मलेसियामा कात्तिक २३ गते देखि सुरु हुने एसिया कपको अन्तिम तयारीका जुटेका छन् ।
एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन् । बंगलादेशसँग कात्तिक २५ गते खेल्दै नेपालले एसिया कपको सुरुआत गर्नेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिया रहेका छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]